दैनिक सात देखि १० हजार स्मार्ट लाइसेन्स छापिँदै

Avatar photo
Dhadingpost
बुधबार, पुस १४, २०७८

काठमाडौं । यातायात व्यवस्था विभागले लाइसेन्स कुरेर बसेका लाखौँ सर्वसाधारणले चाँडै कार्ड प्राप्त गर्ने गरी स्मार्ट लाइसेन्सको काम अघि बढाइएको जनाएको छ ।

झन्डै नौ महिना देखि अभावका कारण वितरण गर्न रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्रता दिइएको अधिकारीहरूले बताएका छन् । त्यसका लागि १८ घण्टासम्म छपाइको काम हुने गरी गरी दैनिक सातदेखि दश हजार लाइसेन्स छाप्ने प्रबन्ध मिलाइएको छ ।

कोरोनाभाइरस महामारी र लकडाउनलाई कारण देखाउँदै २०७६ चैतदेखि तीन महिनाका लागि नयाँ चालक अनुमति पत्रको आवेदन बन्द गरिएको थियो । महामारीको दोस्रो लहर सुरु भएपछि गत वैशाख १६ गतेदेखि पुनः ठप्प पारिएको आवेदन कार्तिक ७ गतेदेखि खुला गरिएको भए पनि सहज रूपमा लाइसेन्सको छपाइ हुन सकेको छैन ।