धादिङ । नेकपा एमाले धादिङले पुस २३ गते जिल्ला अधिवेशन गर्ने भएको छ । ३३ प्रतिसद महिला सहित ६०० जना जिल्ला प्रतिनीधिहरुले ११० सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित गर्नेछ ।
जिल्ला अधिवेशनका लागि हरेक पालिकाबाट ३३ प्रतिसद महिला प्रतिनीधि, र दलित प्रति निधिको अनिवार्य व्यवस्था गरेका छौं त्यो बाहेक २५ जना पार्टी सदस्य बराबर १ जना प्रतिनीधि हुन पाउने व्यवस्था अनुरुप करिव जिल्ला अधिवेशनमा ६०० प्रतिनीधि सहभागि हुने आकलन गरिएको नेतृ राधिका सापकोटाले धादिङपोष्टलाई बताईन् ।
साङ्गठानिक हिसावले धादिङमा एमाले बलियो पार्टी हो । विचारले खारिएका नेताहरु धेरै भएपछि पदको आकाँक्षीहरु पनि धेरैन हुने भईहाले सहमतिमै ११० सदस्यीय कार्यसमिति बनाउने जोड अधिवेशनको हुने, सकिएन भने निर्वाचनमा जाने सापकोटाले बताईन् ।