
काठमाडौं । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत लगातार विजयी हुँदै फाईनल पुगेको नेपाली महिला टिमले आज मंगलबार उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाल र उज्वेकिस्तानबीचको उपाधि भिडन्त बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल साविकको विजेता टिम हो ।
उज्वेकिस्तान नेपालसँग बदला लिदै उपाधि जित्न चाहन्छ । राउण्ड रोबिनको लिग खेलमा नेपालले उज्वेकिस्तानलाई ३(० को सोझो सेटमा हराएको थियो ।