धादिङ । नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित धादिङका नेता दिलमान पाख्रिनलाई २० केजीको माला लगाईदिएर बधाई दिईएको छ । नेपाली कांग्रेसको ७२ बर्षे ईतिहासमा धादिङबाट केन्द्रीय सदस्य बन्ने उनी नै पहिलो व्यक्ति हुन् ।
पूर्व कानून न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनलाई काठमाडौंमा नेपाल तरुण दल केन्द्रिय विभाग बागमती प्रदेशले २० केजीको माला लगाईदिएर बधाई दिईएको सेतेमान तामाङले धादिङपोष्टलाई बताए ।
उक्त कार्यक्रममा नेपाल तरुण दल केन्द्रिय विभाग बागमती प्रदेशका सदस्यद्वय प्रदीप तामाङ र समर तामाङले माला लगाई दिएका थिए भने बधाई दिन अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको समेत घुईचो लागेको थियो ।