माओवादी केन्द्र धादिङबाट को-को परे केन्द्रीय प्रतिनीधिमा ?

Avatar photo
Dhadingpost
शनिबार, पुस १०, २०७८

धादिङ । माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेनल पुस ११ देखि १३ गतेसम्म काठमाडौमा हुँदैछ । उक्त सम्मेलनमा धादिङबाट ११ जना प्रतिनीधिहरु सहभागि हुन पाउने भएका छन् ।

१५ सय पार्टी सदस्य बराबर १ जना प्रतिनीधि छनोट हुने केन्द्रिय मापदण्ड अनुसार धादिङबाटपार्टी सदस्य नविकरणको संख्या अनुसार ११ जना केन्द्रिय प्रतिनीधि छनोट गरिएको हो । स्रोतका अनुसार धादिङबाट ११ जना प्रतिनीधि छनोट गरि केन्द्रिय कार्यलयमा धादिङका प्रतिनीधिको विवरण बुझाई सकिएको छ ।

माओवादी केन्द्र धादिङका इन्चार्ज एवम् केन्द्रिय सदस्य शालिकराम जमकट्टेललाई हामीले यस विषयमा बुझ्न फोन गर्दा फोन नउठाएपछि सह-इन्चार्ज रामबहादुरलाई यस विषमा सोधेका थियौं । भण्डारीले धादिङबाट ११ जना प्रतिनीधि हुने तर को-को हुने भन्ने छलफल मै रहेको बताए । नाम टुङ्गिसकेको भन्ने आफुलाई जानकारी नभएको तर आज बेलुका सम्म प्रतिनीधिको टुङ्गो लाग्ने भण्डारीले बताए ।

धादिङका पुराना केहि नेताहरु जो जनयुद्धकाल देखि नै पार्टीमा क्रियाशिल हरि अधिकारी आशिस, चन्द्रबहादुर सिलवाल मिलन लगायत नेताहरु प्रतिनीधि बन्नबाट छुटेपछि मनोनित कोटामा पार्न जिल्ला नेतृत्वले प्रदेश र केन्द्रमा पहल गरि रहेको समेत स्रोतले जनाएको छ ।

माओवादी केन्द्र धादिङ स्रोतले दिएको जानकारी अनुसार यी हुन् धादिङबाट छनोट भएका ११ जना केन्द्रीय प्रतिनीधिहरु
१. रामबहादुर भण्डारी
२. दलबहादुर बुर्लाकोटी
३. मनराज भण्डारी
४. विवेक थपलिया
५. दिपक लामिछाने सुवोध
६. शम्भु श्रेष्ठ
७. रामसिंह तामाङ
८. दलितबाटः दिपक विश्वकर्मा
महिलाबाटः
९. दिपा सिंखडा
१०. दिपा कडेल
११. सुशिला थापा