धादिङ । नेपाली कांग्रेस धादिङको १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई १३ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिले पद हस्तान्तरण गरेको छ ।
बीपी स्मृति भवन, धादिङबेसीमा आयोजित एक कार्यक्रमका बीच नि वर्तमान सभापति रमेश धमलाले वर्तमान जिल्ला सभापति रामनाथ अधिकारीलाई पद हस्तान्तरण गरेका हुन् ।
१४औं जिल्ला अधिवेशन ३६ मतान्तरले भिमप्रसाद ढुङ्गानालाई पराजित गर्दै रामनाथ अधिकारी विजयी भएका थिए । ५७ पदका लागि भएको १४ जिल्ला अधिवेशनमा रामनाथ समुहले अधिकाँश पदमा बाजी मारेको थियो ।
यी हुन् १४ जिल्ला अधिवेशनमा विजयी हुने पदाधिकारीहरु
सभापति
१. रामनाथ अधिकारी
उपसभापति
१. गेहेन्द्र मल्ल
३. दलबहादुर अधिकारी
सचिव
१. रामकृष्ण पाण्डे
२. विकास श्रेष्ठ
सहसचिव
१. क्रान्ति डल्लाकोटी ९९५ मत बराबरी
२. नबराज तिमल्सिना १०९१ विजयी
३. बिजय पाख्रीन ९९५ मत विजयी