त्रिपुरासुन्दरीमा मात्रै १९ जना सहिद: आज जीवन थपलिया र अनिल थापाको स्मृति दिवस

Avatar photo
शुसिला रिजाल
शुक्रबार, पुस ९, २०७८

धादिङ । तात्कालिन नेकपा माओवादीले संचालन गरेको १० वर्षको जनजुद्धको क्रममा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका जीवन थपलिया र अनिल थापाको हत्या भएको आज १८ वर्ष पुरा भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका स्थित गणेस्थान नजिकै घर भएका जिवन थपलिया र त्रीपुरासुन्दरी आगिञ्चोक कास्टेका अनिल थापालाई आजैका दिन अर्थात २०६० पौष ९ गते माओवादी कार्यकर्ता भएकै आधारमा तात्कालिन शाही सेनाले हत्या गरेको थियो ।

बैरेनीबाट गस्तीमा निस्केका तत्कालिन शाही सेनाले २०६० पौष ९ गते बिहान ७ बजे आगिन्चोक स्थित गणेस्थान घर नजिकै आँखु खोलाको किनारमा दर्जनौ गोली ठोकेर जीवन थपलियाको हत्या गरेको थियो ।

यस्तै आगिञ्चोक कास्टेका अनिल थापालाई थपलियाको हत्या गरेको करिव आधा घण्टा पछि गुन ठाँटी भन्ने ठाउँमा हत्या गरेको थियो ।

माओवादी आन्दोलनको यी दुई हस्तीहरुलाई हत्यापछि तात्कालिन शाही सेनाले धादिङमा दुई माओवादी कमाण्डरलाई हत्या गरिएको भन्दै अचनेटार र धादिङबेसी ब्यारेकमा सामुहिक भोज गरेको थियो ।

जनयुद्धको क्रममा त्रिपुरासुन्दरी गाउँपालिकाबाट मात्रै १९ जना माओवादी केन्द्रका कार्यकर्ताहरुले सहादत प्राप्त गरेका छन् भने २ जना दाजुभाई सुचन्द्र भण्डारी, सुवास भण्डारी हाल सम्म पनि वेपत्ता छन् ।
त्रिपुरासुन्दरी बाट सहादत प्राप्त गर्ने सहिदहरु:
१. किष्णराज थापा, आगिन्चोक
२. सरस्वती पाण्डे सिमा, आगिन्चोक
३. सुमित्रा थापा सरु, आगिन्चोक
४. कविता श्रेष्ठ सदिक्षा, आगिन्चोक
५. इन्दिरा श्रेष्ठ अनिसा, आगिन्चोक
६. जीवनप्रसाद थपलिया भवन, आगिन्चोक
७. जीतमान श्रेष्ठ आकाश, आगिन्चोक
८. शान्ति पाण्डे आस्था, आगिन्चोक
९. नानु थापा सुविस्था, सल्यानकोट
१०. मोहनी प्रसाद सिंखडा, सल्यानकोट
११. चेतनारायण श्रेष्ठ चन्द्रप्रकाश, सल्यानकोट
१२. चक्रबहादुर श्रेष्ठ निर्मल, सल्यानकोट
१३. राजकुमार कुमाल राजाराम, सल्यानटार
१४. बीना श्रेष्ठ सञ्चिता, सल्यानटार
१५. काले सार्की, बुढाथुम
१६. राजु खड्का शक्ति, त्रिपुरेश्वर
१७. सानु गुरुङ जनता, मुलपानी
१८. राजकुमार थापा, आगिन्चोक
१९. ललित बहादुर बरुवाल, बुढाथुम