
काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप आजबाट बंगलादेशमा सुरु हुँदैछ । नेपालको महिला टोलीले पहिलो खेल आज श्रीलंका सँग खेल बिहान सवा ११:१५ बजे खेल्ने छ भने नेपालको पुरुष टोलीले ४:४५ बजे बंगलादेश सँग खेल्ने छ ।
एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाएका छन् ।
पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ नेपाल साविक विजेता हो । पुरुषतर्फ नेपाल समूह चरणबाट बाहिरिएको थियो ।
नेपालको १२ सदस्यीय पुरुष टोलीः
इम बहादुर राना, हरि हजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, भैरव बम, विशाल विक, सरन सामरी क्षेत्री र विनोद चन्द
नेपालको महिला भलिबल टोली
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, साफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, अरुणा शाही र कृपा अधिकारी