स्थानीय तहको कर्मचारी सरुवा स्थगित

Avatar photo
Dhadingpost
बिहिबार, पुस ८, २०७८

काठमाडौं । सरकारले अर्को सूचना जारी नभएसम्मका लागि अन्तर स्थानीय तहबीचको कर्मचारी सरुवाको कामकाज स्थगित गरेको छ ।
दुई सय ३२ जना कर्मचारीको अन्तर स्थानीय तह सरुवाको निर्णयसँगै सरकारले अनिश्चतकालका लागि अन्तर स्थानीय तहको सरुवा स्थगित गरेको हो ।

लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारीलाई कामकाजमा खटाउने सम्बन्धी कार्य मन्त्रीस्तरीय निर्णयानुसार अर्को व्यवस्था नभए सम्मको लागि स्थगित गरिएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव बसन्त अधिकारीले बताए ।

उनका अनुसार मंगलबारसम्म मन्त्रालयमा प्राप्त प्राप्त निवेदनको आधारमा कामकाजमा खटाउने काम सकेर मन्त्रालयको वेवसाइटमामा राखि सकिएको छ ।