धादिङमा नागरिकता बनाउनेको भिड

Avatar photo
Dhadingpost
पुस ७, २०७८

प्रेमबहादुर नेपाली

धादिङ । धादिङमा मंगलबार मात्रै जिल्ला प्रशासनले २३० वटा नयाँ नागरिकता वितरण गर्यो । धादिङमा घुम्ती शिविर भदा बाहेक जिल्ला प्रशासनमा नै यो संख्यामा नागरिकता बनेको पहिलो भएको नागरिकता फाँटमा काम गर्ने कर्मचारी बताउँछन् ।

आज पनि नयाँ नागरिकता लिने नागरिहरुको भिड जिल्ला प्रसाशनको बाहिरी गेट सम्म पुगेको छ । १०० जना भन्दा बढी बेनीघाट रोराङ गाउँपालिकाबाट मात्रै नागरिकता बनाउन आएका छन् । उनीहरु ४ वटा गाडी रिजर्भ गरि नागरिकता बनाउन आएइका हुन् । अन्यत्रबाट पनि नागरिकता बनाउन आउनेको संख्या उस्तै छ ।

हिजोको तुलनामा नागरिकता बनाउनेको संख्या आज झनै धेरै भएको कर्मचारी बताउँछन् । मतदाता नामावली संकलनका लागि नागरिकता अनिर्वाय रहेकोले यतिबेला हरेक राजनीतिक दलका नेता तथा कार्यकर्ताले गाउँगाउँ बाट नागरिकता नबनाएका नागरिकहरुलाई नागरिकता बनाउ जिल्ला प्रशासन सम्म ल्याउने गरेका छन् ।

मतदाता नामावली संकलनको अन्तिम मिति नजिकँदै गर्दा जिल्ला प्रशासन कार्यलय धादिङमा नागरिकता बनाउनेको भिड लागेको हो । चुनावको लागि भोट हाल्ने बन्न नागरिकता चाहिन्छ रे, गाउँबाट सबै जना आएका छन् त्यहि भएर हामी पनि नागरिकता बनाउन आएको एक चेपाङले धादिङपोष्टलाई बताए ।