ख्रिष्टमसको शुभकामना दिन खेलकुद मन्त्री आज धादिङबेसी आउँदै

Avatar photo
Dhadingpost
पुस ७, २०७८

धादिङ । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल इसाई धर्मावलम्बीहरुको पर्व ख्रिष्टमसको शुभकामना आज बिहान धादिङबेसी आउने भएका छन् ।

धादिङका मण्डलीहरुको संयुक्त रुपमा आयोजित कार्यक्रममा ख्रिष्टमसको शुभकामना दिन मन्त्री ढकाल र इसाई समाजका केन्द्रिय अध्यक्ष सिवि गहतराज आज बिहान ८ बजे धादिङबेसी आउने बताईएको छ ।

ख्रिष्टमसको अवसरमा धादिङ पिशोन संयुक्त प्राथना संगतीले रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ भने मंगलबार मात्रै अन्तर मण्डली फुटसल प्रतियोगिता सम्पन्न भएको थियो ।