
धादिङ । नेपाली कांग्रेसको बागमती प्रदेशतर्फ खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धादिङका रमेश धमला पराजित भएका छन् । नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति समेत रहेका धमला शेखर कोईराला समुह निकटका रुपमा चिनिन्थे ।
बागमती प्रदेशतर्फ खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरुमा ध्यानगोविन्द रन्जित र राजन केसी रहेका छन् । यस्तै, प्रदेशको महिलातर्फ उर्मिला नेपाल विजयी भईन। ध्यानगोबिन्द र उर्मिला देउवा पक्ष हुन् । ध्यानगोविन्द रन्जितले २४१९ मत र राजन केसी २१२९ मत ल्याई विजयी हुँदा धादिङ रमेश धमलाले १६८४ मत ल्याएका थिए ।
महामन्त्री पदमा धादिङका राजाराम कार्की पनि पराजित भएका हुन् । उनी विमलेन्द्र नीधि समुहबाट उम्मेदवार थिए । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत मंसिर २७ गते भएको निर्वाचनको अझै आधा भन्दा बढी संख्यामा मत परिणाम आउन बाँकी छ ।

