धादिङ अस्पतालले कस्ता विरामीलाई नि:शुल्क स्वास्थ्य सेवा दिन्छ (जानकारी)

Avatar photo
Dhadingpost
मङ्लबार, पुस ६, २०७८

धादिङ । धादिङ अस्पतालले बागमती प्रदेश सरकारको सहयोगमा सामाजिक सेवा इकाई संचालन गर्दै नि:शुल्क र सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

अस्पतालमा छुट्टै सामाजिक सेवा इकाई छ, त्यस मार्फत विरामीको अवस्था हेरी नि:शुल्क र सहुलियतमा स्वास्थ्य सेवा प्रदान हुँदै आएको धादिङ अस्पतालका स्वास्थ्यमकर्मी तोया छत्कुलीले बताए ।

गरिव, असाह्य, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित (बालबालिका समेत), महिला स्वास्थ्य स्वंयसेविका, प्राकृतिक प्रकोप (भुकम्प, बाढी पहिरो, आगलागी आदि), कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक घाईते (अभिभावक नभएका) र सिमान्तकृत तथा लोपउन्मुख आदिवासी जनजातिको उपचार विरामीको अवस्थाहेरी पूर्ण निशुल्क र सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध हुने अस्पतालका सूचना अधिकारी विक्रम वि.क.ले धादिङपोष्टलाई बताए ।