खुल्लातर्फ विजयी केन्द्रीय सदस्यमा देउवा पक्ष २५, कोईराला पक्ष ९, तटस्थ १

Avatar photo
Dhadingpost
सोमवार, पुस ५, २०७८

काठमाडौं । नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको मतगणनाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये सभापति शेरबहादुर देउवा पक्षका २५ जना निर्वाचित भएका छन् । डा. शेखर कोइराला पक्षका ९ र १ जना तटस्थ निर्वाचित भए ।

सबैभन्द बढी मत ल्याउने डा. सशांक कोइराला तटस्थ भूमिकामा थिए । बढी मत ल्याउने १० जनामा एकजनामात्र शेखर कोइराला पक्षका छन् । बढी मत ल्याउने २० जनामध्ये ४ जनामात्र शेखर पक्षका छन् । १५ जना देउवा पक्षका र १ जना तटस्थ छन् । देउवा इतर समूहका कतिपय नेताहरुले कठिन जित हासिल गरे ।

तटस्थ: डा. शशांक कोइराला – ३८३६

देउवा पक्ष: एनपी साउद – २९३७, बालकृष्ण खाँण – २८७९, उदय शमशेर राणा – २८४३, रामहरी खतिवडा – २८३२, ज्ञानेन्द्र बहादुर कार्की – २८२०, रमेश लेखक – २७८०, शंकर भण्डारी – २७६८, जिपछिरिङ्ग लामा – २७०२, जितजंग बस्नेत – २५५७, गोपालमान श्रेष्ठ – २५३८, मोहनबहादुर बस्नेत – २४७६, सुनिलबहादुर थापा – २४७२, नैनसिंह महर – २४६७, गोविन्द भट्टराई – २३५०, कुन्दनराज काफ्ले – २२७९, सुरेन्द्रराज पाण्डे – २२०१, पदमनारायण चौधरी – २०३८, राजिव ढुंगाना – १८९६, गुरु बराल – १८७०, मदनबहादुर आमात्य – १८३०, गणेश लामा–१७८२, दिनेश कोइराला – १७८१, उमेशजंग रायमाझी –१७७६, मोहन आचार्य – १७५१, डा. गोपाल दहीत – १७१०,

शेखर कोइराला पक्ष: अर्जुननरसिंह केसी – २६५०, दिलेन्द्र प्रसाद बडु – २४४१, डा. रामशरण महत – २४३४, बलबहादुर केसी – २३८८, दीपक गिरी – २२६५, सञ्जयकुमार गौतम – १८६७, गोविन्दराज पोखरेल – १८४३, अजय बाबु शिवाकोटी – १८११, कृष्णकिशोर घिमिरे – १७०७