
धादिङ । नेकपा एमाले धादिङ(पोखरा सम्पर्क मञ्चको पाँचौं अधिवेशनबाट अध्यक्षमा शेरबहादुर अधिकारी निर्वाचित भएका छन् । मञ्चको तीन उपाध्यक्षमा अर्जुन खतिवडा, सरस्वती श्रेष्ठ सरु र योगप्रसाद सापकोटा नवराज सचिवमा सरोज कुँवर, उपसचिवमा रामप्रसाद दुवाडी र विष्णुमाया श्रेष्ठ छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा रामप्रसाद नेपाल, गणेश गिरी, मनिष सिलवाल, शान्ति मगर, सीता कोइराला, सरिता आले, सुभाष कंडेल, नीरमाया तामाङ, वेनबहादुर तामाङ, शम्भुप्रसाद न्यौपाने, मनोज अधिकारी, सञ्जु अधिकारी, सरोज श्रेष्ठ, कमल सापकोटा, करिकृष्ण श्रेष्ठ, इलिना भण्डारी, दिनेश तुलाधर, नानीराम कोइराला, युवराज इटनी र सर्मिला तामाङ चयन भएका छन् ।
एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशनमा एमाले धादिङका सहइन्चार्ज जानुका सिंखडा, नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क समितिका निवर्तमान सभापति केदार धमला, माओवादी केन्द्र धादिङ पोखरा जनसम्पर्क मञ्चका सहसंयोजक ईश्वरकुमार श्रेष्ठ, मञ्चका पूर्वअध्यक्षहरु वेनी पाठक, कृष्णबहादुर लम्साल लगायतले शुभकामा मन्तव्य राखेका थिए ।