साफ यू–१९: नेपालले भारत सँग दिउँसो २:४५ बजे खेल्दै

Avatar photo
Dhadingpost
आइतवार, पुस ४, २०७८

काठमाडौं । जारी साफ यू–१९ मा श्रीलंकालाई ६–० ले र भुटानलाई ४–० ले हराएको नेपालले आज २ः४५ बजे भारत सँग खेल्दै छ ।
साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी छ । आज भारतविरुद्ध मैदानमा उत्रदा नेपाल भारतलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ ।

नेपालले ३ खेलमा २ जितसहित ७ अंक जोडेको छ भने भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।

दक्षिण एसियाका ५ देशको सहभागिता रहेको च्याम्पियनसिप राउन्ड रोविनका आधारमा हुनेछ । राउन्ड रोविन पछि शीर्ष २ टोलीले पुस ७ गते उपाधिका लागि खेल्नेछन् । नेपालले पुस २ गते भुटान र पुष ४ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली महिला (यू–१९) २३ सदस्यीय टोली
अन्जना राना मगर, सावित्री किसान, अंकिता राई, सलोनी रानामगर, सविना चौधरी, मन्जु कुमारी खड्का, हिमा रावत, प्रतीक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला विक, रश्मिकुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुस्मा राई, दिपा शाही, कुसुम खतिवडा, सविता रानामगर, सरस्वती हमाल, प्रिती राई, अमिषा कार्की, मेनुका कुमारी आलेमगर ।