धादिङ । धादिङका ८ वटा स्थानीय तहमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई आजबाट कोरोना विरुद्धको मोडर्ना खोप दिईने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
पहिलो चरण अन्तरगत पुस ४ देखी ८ गते सम्म नीलकण्ठ, रुविभ्याली, खनियावास, गंगाजमुना, त्रिपुरासुन्दरी ज्वालामुखी, नेत्रावती र सिद्धलेक गरी ८ स्थानिय तहमा मोर्डनाको पहिलो मात्रा दिईने छ ।
दोश्रो चरणमा पुस ७ गतेदेखि ११ गते सम्म धुनिवेशी, थाक्रे, गल्छी, गजुरी र बेनिघाट रोराङ गरी ५ स्थानिय तहमा खोप अभियान संञ्चालन हुने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
मोडर्ना खोप धादिङ सहित ५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड विरुद्ध दिईन लागिएको हो । जसमा प्रदेश–१ का ११, प्रदेश–२ का पाँच, वाग्मतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौरनौ जिल्ला र सुदूरपश्चिमका सात जिल्ला गरी ५७ जिल्ला छन् ।
वालवालिकाले खोप लगाउन आउँदा विद्यालय भर्नाको आधार, जन्म दर्ता, वडा कार्यालयको सिफारिस आवश्यक पर्ने ल्याउनुपर्ने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।खोप अभियानमा सबैको पूर्ण सहभागीताको लागि खोप अधिकृत पोखरेलले आग्रह गर्नुभएको छ।