प्रेस चाैतारी धादिङद्वारा तीन जना पत्रकारलाई नगद सहित सम्मान

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २, २०७८

धादिङ । प्रेस चाैतारी धादिङले जिल्ला अधिवेशनकाे अवसरमा जिल्लाका तीन जना पत्रकारलाई नगद सहित सम्मान गरेकाे छ ।

नवाैं जिल्ला अधिवेशनकाे अवसरमा जिल्लाका तीन जना पत्रकारहरु सानुबाबु तिमिल्सिना, सरिता श्रेष्ठ र शंकर श्रेष्ठलाई नगद सहित सम्मान गरेकाे हाे । तिमिल्सिना रेडियाे नीलकण्ठ, सरिता नागरिक र शंकर जनआस्थामा कार्यरत छन् ।

चाैतारीकाे अधिवेशन उद्घाटन गर्दै नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले माओवादीसंगको एकताले पार्टी बिभाजन भएको आराेप लगाएका छन् । निर्वाचन बिधिले पार्टी फुटेको नभई माओवादी केन्द्र सँगको एकता पछि एमालेमा फुट आएको पाण्डेले दाबी गरे ।

अधिवेशनले सानुबाबु तिमिल्सिनाकाे अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेकाे छ । नवगठित कार्य समितिको उपाध्यक्षमा श्रीहजुर सिलवाल र पवित्रा थापामगर, सचिवमा दोलख गुरुङ, कोषाध्यक्षमा उपेन्द्र अधिकारी, सह सचिवमा भुवन भण्डारी र अनिल नेपाली रहेका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा शसीहजुर सिलवाल, रेखबहादुर गुरुङ, गोविन्द सुवेदी, वीरमान तामाङ, आदेश अधिकारी, रन्जना थापा, विनोद तमु, राजन शाह र नवराज लामिछाने चयन भएका छन् ।