प्रेस चौतारी धादिङको अध्यक्षमा सानुबाबु तिमिल्सिना चयन

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २, २०७८

धादिङ । नेकपा एमाले निकट प्रेस चौतारी धादिङको अध्यक्षमा सानुबाबु तिमिल्सिना चयन भएका छन् । आज सम्पन्न ९ औं जिल्ला अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

प्रेस चौतारी धादिङको नवगठित कार्य समितिको उपाध्यक्षमा श्रीहजुर सिलवाल र पवित्रा थापामगर, सचिवमा दोलख गुरुङ, कोषाध्यक्षमा उपेन्द्र अधिकारी, सह सचिवमा भुवन भण्डारी र अनिल नेपाली रहेका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा शसीहजुर सिलवाल, रेखबहादुर गुरुङ, गोविन्द सुवेदी, वीरमान तामाङ, आदेश अधिकारी, रन्जना थापा, विनोद तमु, राजन शाह र नवराज लामिछाने चयन भएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अधिवेशनमा एमालेका जिल्ला इन्चार्ज खेम लोहनी, सह इन्चार्ज जानुका सिंखडा, जिल्ला अध्यक्ष भुमि त्रिपाठी लगायत नेताहरुको विशेष आतित्थ्यता रहेको थियो ।