पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे आज धादिङबेसी आउँदै

Avatar photo
Dhadingpost
पुस २, २०७८

धादिङ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे आज धादिङबेसी आउने भएका छन् । एमाले निकट प्रेस चौतारीको जिल्ला अधिवेशन उद्घाटन गर्न नेता पाण्डे आज धादिङबेसी आउन लागेका हुन् ।

प्रेस चौतारी धादिङको अधिवेशन उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्यद्वय धादिङका इन्चार्ज खेम लोहनी र सह इन्चार्ज जानुका सिंखडा पनि आउने प्रस चौतारीले जनाएको छ ।

अहिले प्रेस चौतारीको जिल्ला अध्यक्षमा सरोज पौडेल छन् । प्रेस चौतारी धादिङबाट केशव अधिकारी, रामेश्वर कार्की, गायत्री खतिवडा र सिताराम अधिकारी केहि दिन अघि मात्रै केन्द्रिय सदस्यमा चयन भएका छन् भने जिल्ला अध्यक्ष भए कै कारण पौडेल केन्द्रिय सदस्य हुन नपाएको स्रोतले बतायो । अब पौडेल केन्द्रमा जाने इच्छा देखाए भने जिल्ला अध्यक्ष छाड्नु पर्ने नत्र पौडेल नै जिल्ला अध्यक्ष हुने स्रोत बताउँछ ।