श्रीलंका विरुद्ध नेपालको ६ गोल

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २९, २०७८

काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई शुन्यका विरुद्ध ६ गोल गरेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको प्रतियोगितामा नेपालले श्रीलंकलाई शुल्यमा रोक्दै ६ गोल गरेको हो । नेपाललाई जित दिलाउन जित दिलाउन रश्मी कुमारी घिसिङले दुई गोल गरिन् । यस्तै सबिता राना मगर, मेनुका कुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एक एक गोल गरिन् ।

शनिबार पहिलो खेलमा नेपाली टोलीले घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । सोहि दिन श्रीलंका भने भुटानसँग ५–० ले पराजित भएको थियो ।

दक्षिण एसियाका ५ देशको सहभागिता रहेको च्याम्पियनसिप राउन्ड रोविनका आधारमा हुनेछ । राउन्ड रोविन पछि शीर्ष २ टोलीले पुस ७ गते उपाधिका लागि खेल्नेछन् । नेपालले पुस २ गते भुटान र पुष ४ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली महिला (यू–१९) २३ सदस्यीय टोली
अन्जना राना मगर, सावित्री किसान, अंकिता राई, सलोनी रानामगर, सविना चौधरी, मन्जु कुमारी खड्का, हिमा रावत, प्रतीक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला विक, रश्मिकुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुस्मा राई, दिपा शाही, कुसुम खतिवडा, सविता रानामगर, सरस्वती हमाल, प्रिती राई, अमिषा कार्की, मेनुका कुमारी आलेमगर ।