राखेप सदस्य सचिवमा सिलवाललाई पुनर्बहाली गर्न अन्तरिम आदेश

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २९, २०७८

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । सरकारको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सिलवाललाई पुरानै अवस्थामा काम गर्न दिन आदेश दिएको हो ।

अदालतले युवा तथा खेलकुद मन्त्रालयले नियुक्त गरेका नयाँ सदस्य सचिव टंकलाल घिसिङलाई समेत काम गर्न नदिन आदेशमा उल्लेख गरेको छ । आदेशमा तत्काल कामकाज गर्न दिन भनेको छ । सोही पदमा नियुक्त अर्को सदस्य सचिवलाई काम गर्न नदिन आदेशमा उल्लेख गरेको छ ।

सदस्य सचिवबाट आफुलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी रहेको दाबी गर्दै सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।सिलवालले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले पुर्नबहालीको फैसला गरेको छ । सिलवाललाई पदमुक्तको निर्णय गरेको सरकारले मंसिर १३ गते राखेपको सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।