उपेन्द्र जमकट्टेल अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा चयन

Avatar photo
Dhadingpost
मंसिर २७, २०७८

धादिङ मंसिर २७ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट उपेन्द्र जमकट्टेल चयन भएका छन् । अखिल (क्रान्तिकारी) बागमती प्रदेशको उपाध्यक्षमा धादिङका विमल तामाङ र सचिवमा किरण सिंखडा चयन भएका छन् ।

असोज १४ देखि १८ सम्म काठमाडौमा भएको अखिल क्रान्तिकारीको २२ सम्मेलनले अध्यक्षमा पन्चा सिंहलाई चयन गर्दै सकिएको थियो । सोमबार बिहानै अध्यक्ष पन्चा सिंहले फेसबुक स्टाटस मार्फत केन्द्रिय सदस्यहरुको नामावली सार्वजनिक गरेकि छिन् ।

उनले सार्वजनिक गरेको विवरण अनुसार धादिङबाट जमकट्ले केन्द्रिय सदस्य, विमल तमाङ बागमती प्रदेश उपाध्यक्ष र किरण सिंखडा प्रदेश सचिवमा चयन भएका हुन् ।