सिद्धलेकबाट खेलाडी छनोट (खेलाडीको नाम समेत)

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २६, २०७८

धादिङ मंसिर २७ । जिल्ला स्तरीय छनोट प्रतियोगिताको लागि सिद्धलेक गाउँपालिकाले ३ विधामा खेलाडी छनोट गरेको छ ।

जिल्ला खेलकुद विास समिति धादिङले प्रदेश स्तरीय प्रतियोगिताको धादिङबाट ८ विधाका खेलाडीहर प्रदेश पठाउनु पर्ने जनाउँदै धादिङका स्थानीय तहरुलार्य पत्रचार गर्दै खेलेडी छनोट गरिजिल्ला छनोटमा पठाउन गरेको पत्रचार अनुसार सिद्धलेकले भलिब र एथलेष्टिक तर्फ खेलाडी छनोट गरेको हो ।

सिद्धलेकबाट एथलेस्टिकमा पुरुष तर्फ शिव सिलवाल र राहुल गिरी, महिला तर्फ सुमित्रा नेपाली र ओमिसा श्रेष्ठ रहेका छन् । यस्तै सिद्धलेकले महिला र पुरुष भलिबल टिम पनि छनोट गरेको छ । अन्य ६ विधिका खेलाडीहरु भने सिद्धलेकले यो समाचार तयार गर्दा सम्म छनोट गर्न सकेको छैन ।