
धादिङ मंसिर २५ । धादिङको नीलकण्ठ नगरपालिका–१२ स्थित रिजालडाँडामा युवा उद्यमशिलता अभियानले आयाेजना गरेकाे कार्यक्रममा ६६ जनाले रक्तदान गरेका छन् ।
शनिबार नीलकण्ठ नगरपालिका १२ स्थित वडा कार्यालय परिसरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ८ जना महिला र ५८ जना पुरुष गरि कुल ६६ जनाले रक्तदान गरेकाे अभियानका अध्यक्ष पुरुषोत्तम घिमिरेले जानकारी दिए ।
सामाजिक क्षेत्रमा क्रियाशिल युवा उद्यमशीलता अभियनाले आयाेजना गरेकाे यश रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको धादिङको प्राविधिक सहयोग रहेको थियो।
धादिङमा गत आर्थिक बर्ष ०७७/०७८ मा जिल्लाका बिभिन्न ३० सङसंस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट २ हजार ७६६ पिन्ट रगत सङ्कलन गरिएको थियो। चालु आर्थिक बर्षको श्रावण १ गतेबाट धादिङका विरामीहरुलाई निशुल्क रगत वितरण सुरु गरिएकाे थियाे