धादिङका चार नेतालाई माओवादी केन्द्रको चार विशेष जिम्मेवारी

Avatar photo
शुसिला रिजाल
शुक्रबार, मंसिर २४, २०७८

धादिङ मंसिर २४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीलाई थप सुदृढ बनाउन ३ वटा आयोग र ३३ वटा विभाग बनाएको छ । उक्त आयोग र विभागमा धादिङका ३ नेताले जिम्मेवारी पाएका छन् । भने गैर भौगोलीक विशेष प्रदेशको जिम्मेवारी पनि धादिङका पुष्प विक्रम मल्लले पाएका छन् ।

पार्टीको निर्वाचन आयोगको संयोजको जिम्मेवारी धादिङका जनयुद्धका संस्थापक नेता विष्णुपुकार श्रेष्ठले पाएका छन् । यस्तै अनुशसन आयोगको सदस्यको जिम्मेवारी धादिङका जनयुद्धका अर्का संस्थापक नेता मोहन कार्कीले पाएका छन् भने पार्टीको स्वास्थ्य विभाग संयोजकमा महिला नेतृ कल्पना धमलाले जिम्मेवारी पाएकी छिन् ।

धादिङका अर्का जनयुद्धका संस्थापक नेता पुष्प विक्रम मल्लले गैर भौगोलिक प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका छन् ।