
धादिङ मंसिर २२ । नेकपा (माओवादी केन्द्र) को मंसिर २५ गते सबै प्रदेशको प्रदेश सम्मेलन एकैपटक हुँदैछ । यस प्रदेश सम्मेलनका लागि धादिङका १३ वटा स्थानीय तहबाट ५९ जना प्रतिनीधिहरु छनोट भएको माओवादी केन्द्र धादिङले जनाएको छ ।
गजुरी बाहेक सबै स्थानीय तहको सम्मेलन सकेको माओवादी केन्द्र धादिङले २४० जना पार्टी सदस्य बराबर १ जना प्रदेश प्रतिनीधि छनोट गरेको छ जस अनुरुप धादिङका १३ वटा स्थानीय तहबा ५९ जना प्रतिनीधिहरु चयन गरेको हो ।
जसमा सबै भन्दा धेरै नीलकण्ठ नगरपालिकाबाट ११ जना र सबैभन्दा थोरै ज्वालामुखी गाउँपालिकाबाट १ जना प्रतिनीधि छनोट भएका छन् ।
कुन पालिकाबाट कति प्रतिनीधि छनोट ?
१. बेनीघाट रोराङबाट ७ जना
२. नेत्रावती डवजोङ २ जना
३. नीलकण्ठ नगरपालिकाबाट ११ जना
४. त्रिपुरासुन्दरीबाट ६ जना
५. धुनीबेसी नगरपालिकाबाट ६ जना
६. गल्छीबाट ३ जना
७. ज्वालामुखीबाट १ जना
८. गंगाजमुनाबाट ६ जना
९. सिद्धलेकबाट ३ जना
१०. थाक्रेबाट ४ जना
११. रुबीभ्यालीबाट २ जना
१२. गजुरीबाट ५ जना
१३. खनियाबासबाट २ जना
धादिङबाट यी ५९ बाहेक प्रदेश कमिटीमा रहेकाहरु समेत पदेन प्रदेश प्रतिनीधिका रुपमा छनोट हुनेछ । सबै गरेर धादिङबाट ८० जनाका हाराहारीमा प्रतिनीधिहरु बागमती प्रदेश सम्मेलनमा सहभागि हुने माओवादी केन्द्र स्रोतले जनाएको छ । बागमती प्रदेश सम्मेलनमा सबै जिल्लाबाट अन्दाजी ८०० जना प्रतिनीधिहरु आउने बताएको छ ।

