धादिङ मंसिर २२ । नेपाली कांग्रेस धादिङका नेता एवम् सांसद डा. राजाराम कार्कीले नेपाली कांग्रेसको आशन्न केन्द्रिय महादिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।
नेता कार्कीले धादिङपोष्ट सँग कुरा गर्दै कांग्रेसमा देखिएका तमाम विकृती र विसंगती अन्त्य र न्याय र निश्पक्षतको राजनितिक सुरुगर्न, कांग्रेसलाई जनता माथि शासन गर्न नभई जनताको पार्टी बनाउँदै सुदृढ पार्टी बनाउन आफुले महामन्त्री पदमा उम्मेदवारी दिने बताए ।
कांग्रेस अहिले तमाम विकृती र विसंगतीमा रुमल्लिएको छ । विचार एकातिर व्यवहार अर्को तिर बनेको अवस्था छ, यसलाई सच्याई लुटतान्त्रिक हैन लोकतान्त्रिक पार्टी बनाउन आफुले महामत्री पदमा उम्मेदवारी घोषणा गरेको उनले बताए । राजनितिक क्षेत्र सँगै स्वास्थ्य क्षेत्रमा उत्तिकै इमान्दारी देखिने नेता कार्की नेपाली कांग्रेस भित्रका लोकप्रिय नेताको सूचिमा पर्दछन् ।
देशभरबाट चुनिएर आएका ४ हजार ७०० को हाराहारी महाधिवेशन प्रतिनिधिले भाग लिने कांग्रेसको १४ औँ महाधिवेशनमा मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।
२०२९ सालमा भैरबी माध्यामिक विद्यालयबाट नेपाल विद्यार्थी संघको अध्यक्ष बनेर आफ्नो राजनीति सुरू गरेको कार्कीले पटक पटक जेल जिवन वेतित गरेका छन् । करिव २० वर्ष ने. वि. संघमा काम गरे, ५ वर्ष तरूण दलमा काम गरे (के. स. देखि केन्द्रीय सचिव सम्म भए) र २५ वर्ष नेपाली कांग्रेसको क्रियाशिल सदस्य देखि केन्द्रीय सदस्यसम्म भएर काम गरेका उनी शेरबहादुर समुहबाट यो १४ औं महाधिवेशनमा महान्त्री पदमा उम्मेदवारी दिने भएका हुन् ।