मुख्यमन्त्री राजेन्द्र पाण्डेले गजुरीमा सम्पर्क कार्यालय खोले

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २१, २०७८

धादिङ मंसिर २१ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले धादिङको गजुरीमा सम्पर्क कार्यालय खोलेका छन् ।

मुख्यमन्त्रीको कार्यालयबाट सम्पादन हुने सबै किसिमको क्रियाकलाप जनताले प्रत्यक्ष अनुभव गर्न पाउने गरि सेवा प्रदान गर्न सम्पर्क कार्यालय खोलिएको बताईएको छ । उक्त सम्पर्क कार्यालय सोमबार एक कार्यक्रमका बीच मुख्यमन्त्री पाण्डे आफैले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।

कार्यालय उद्घाटन कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मरकट्टेल, सार्वजनिक निर्माण ईकाइ गजुरीका प्रमुख दिपेन्द्र सुवेदी, व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख पुरुसोत्तम पाण्डे, नेकपा समाजवादी धादिङका सचिव सुवास खतिवडा, समाजवादी अनुशासन विभागका सदस्य कृष्ण अर्याल लगायत आतिथ्यता रहेको थियो । तस्वीरः पाविल न्युजबाट