राप्रपा महाधिवेशन: धादिङका बुद्धिमान सहित ४ जनाकाे उम्मेदवारी

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर १६, २०७८

धादिङ मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष सहित केन्द्रीय सदस्यमा धादिङबाट चार जनाले उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा धादिङबाट प्रतिनिधित्व गर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री बुद्धिमान तामाङले केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा दिएका छन् ।
यस्तै उनकाे श्रीमती सरस्वती लामा, भाई डम्बर लामा र सुर्य बहादुर तामाङले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा दिएका छन् ।

विभिन्न ध्रुर्वमा विभाजित रहेको राप्रपा एकीकृत भएपछि पहिलो पल्ट महाधिवेशन हुन लागेको हो । धादिङका बुद्धिमान तामाङ र उहाँको भाई डम्बर बहादुर तामाङ कमल थापा निकटका मानिन्छन् ।

महाधिवेशनमा धादिङबाट ६४ जना प्रतिनिधी सहभागि भएका छन्।राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान बमोजिम प्रत्येक गाउँपालिका, नगरपालिका, प्रदेश, क्षेत्रीय, जिल्ला अध्यक्ष स्वत महाधिवेशन प्रतिनिधि हुने प्रावधान रहेको छ । त्यसै गरी सक्रिय सदस्यको आधारमा र प्रत्येक प्रदेश कार्य समितिबाट ९÷९ जना जसमा खुला, जनजाति, उत्पिडित महिला आदिलाई समाबेशी सिद्धान्तको आधारमा प्रतिनिधि छनौट गरीएको राप्रपा धादिङले जनाएको छ ।