
धादिङ मंसिर १६ । धादिङबेसी पुछारबजार बसपार्क छेउ थोपलखोला र आँसीखोलाको बीचमा रहेको पशुपति मन्दिरमा आज मंसिर १६ गते राती जात्रा लाग्दै छ ।
हरेक वर्ष वालाचतुलर्शीको दिन लाग्ने यस मन्दिरको मेलामा परम्पागत रुपमा चलिआएको (सतबिज छर्ने, बत्ती बाल्ने) कार्य गर्न हजारौं को संख्यामा भक्तजनहरु आउने गर्दछन् । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनोलाई सतबिजका रुपमा छर्ने गरिन्छ। एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने जनविश्वास छ ।
मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आज बेलुकी दीपदान गरी रातभर जाग्राम बसेर भोली बिहान अर्थात बालाचतुर्दशीको बिहान मन्दिरमा सतबीज छर्नेको भिड हुने हुँदा भक्तजनहरुलाई सहजताको लागि हर प्रयास गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
यस मन्दिरको इतिहास
जिल्ला सदरमुकाम धादिङबेसी झर्नु भन्दा पहिला २०१९ सालका यस क्षेत्रमा पशुपति मिन्दर बनाउन छलफल गरिएको र २०२३ सलामा राजा महेन्द्रले शिवमन्दिर बनाउन अनुमति दिए सँगै नियमित कार्तिक बालाचतुर्दशी मेला लाग्दै आएको मन्दिर परिसरमा बस्दै आएका रामनाथ योगीले धादिङपोष्टलाई बताए ।
उनका अनुसार धादिङबेसी सदरमुकाम रहेको क्षेत्रमा वयरघारी र केहि भुभाग खेतको फाँट थियो । साङ्कोष, मुरलीभञ्ज्याङ, पाल्पा र साँखुका स्थानियहरुको पहलमा पशुपतिनाथको मन्दिर निर्माण गरियो मन्दिर निर्माणको वर्ष नै गाउँ गाउँबाट फुलको डोली ल्याउने र मृतक आफन्तको नामामा शतबिऊ छर्ने चलन बसेको योगि बताउँछन् । मसिंर कृष्ण चर्तुदशीको यस विशेष दिन नै वाला चतुर्दशी हो र यसको दिन मृत्यू वरण गरेका पितृहरुको मोक्षयात्राका लागि अत्यन्त महत्पूर्ण दिनका रुपमा लिइन्छ ।