धादिङमा एकै दिन ८३ जनाले मोतियाबिन्दुको अप्रेशन गराए

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १५, २०७८

धादिङ मंसिर १५ । सामुदायिक आँखा केन्द्र धादिङमा एकै दिन ८३ जनाले मोतियाबिन्दुको अपरेशन गराएका छन् । तिलगंगाा आँखा प्रतिष्ठान काठमाण्डौं, जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको समन्वय तथा स्थानिय स्वास्थ्य संस्थाको सहयोगमा जिल्लाको विभिन्न स्थानहरुमा आँखा शिविर गरि मोतिया विन्दुका रोगीहरुलाई धादिङबेसीमा बोलाई सामुदायिक आँखा केन्द्र धादिङले एकै दिन ८३ जनाको अप्रेशन गरेको हो ।

मैदी, ढोला, मुरलीभञ्ज्याङ, खरी, चैनपुर, सुनौलाबजार, किन्ताङफेदी, सत्यदेबी, मार्पाक, सेमजोङ आदी स्थानहरुबाट प्रारम्भीक शिविर संचालन गरिएको थियो । यी शिविरबाट अप्रेशन गर्नु पर्ने १ सय ४० जनाको निशुल्क मोतियाबिन्दुको अपरेशन सुरुभए सँगै ८३ जनाको मंगलबार अपरेशन गरिएको धादिङ सामुदायिक आँखाकेन्द्रका प्रमुख रामसिङ तामाङले बताए ।

२ दिन चल्ने अपरेशन शिविरमा आँखा केन्द्रले अपरेशन गरिएका महिलाहरुलाई अपरेशनपछि १ हजार यातायात खर्च समेत उपलब्ध गराउने जनाएको छ । यस वर्ष सामुदायिक आँखा केन्द्रले २ सय जनाको निशुल्क मोतियाबिन्दु अपरेशन गर्ने लक्ष्य राखेको छ ।