ब्रुसबाङका चेपाङ बालबालिकाहरु खाली खुट्टा स्कुल जान्छन्, पोशाक र स्टेशनरी समेत अभाव

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १४, २०७८

धादिङ मंसिर १४ । धादिङको महाभारत स्थित १,८२२ मिटर उचाइमा रहेको बेनीघाट रोराङ गाउँपालिकाको ब्रुसबाङमा अल्पसंख्यक ३६ चेपाङ घरधुरी छन् । यहि गाउँका ४९ जना चेपाङ वालवालिकाहरु खालि खुट्टामा स्कुल जान वाध्य छन् ।

यी बालबालिकाहरुलाई स्कुल पोशाक र स्टेशनरी समेत अभाव रहेको ECD ( स .का ) पार्वती चेपाङलाई उदृढ गर्दै तिलक चेपाङले धादिङपोष्टलाई बताए ।

चरम गरिबि, कुपोषण, सुत्केरी महिलाहरुमा रक्त अल्पता, प्रजनन स्वास्थ्य समस्या, पिउने पानी र न्यानो कपडाको अभावमा रहेका चेपाङ गाउँ ब्रुसबाङको ४९ जना पढ्ने बालविकास केन्द्रमा पार्वती चेपाङ १ जनाले ४ पठनपाठन गर्दै आई रहेकी छिन् ।

जाडो सुरुभयो ४९ जना विद्यार्थीहरुको खुट्टामा चप्पल हुँदैन, न्यानो कपडा त के कुरा विद्यालय पोषाक समेत दिन सकेका छैनौं । विद्यालय पोशाक, स्टेशनरी सामाग्री र न्यानो कपडा सहयोग प्राप्त भए आभारी हुने थियौं शिक्षक पार्वती चेपाङले बताईन् ।