धादिङबाट एमाले केन्द्रिय सदस्यमा खेम लोहनी र जानुका सिंखडा

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १३, २०७८

धादिङ मंसिर १३ । नेकपा एमालेको १० औं महाधिवेशन बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका केन्द्रीय सदस्यहरुको नाम अनुमोदन गरेको छ ।

अध्यक्ष ओलीले महाधिवेशन बन्दसत्रमा प्रस्ताव गरेका ३०१ जना केन्द्रिय सदस्यहरुको नाममा धादिङका खेम प्रसाद लोहनी र जानुका सिंखडा परेका छन् । धादिङका लोहनी बागमती प्रदेशबाट र महिला खुल्ला तर्फबाट जानुका सिंखडा केन्द्रिय सदस्यमा परेका हुन् । मिनराज कडेल केन्द्रीय कमिटी सो सरह मान्यता भएको लेखा आयोग सदस्यमा परेका छन् । धादिङबाट भुमि त्रिपाठी, धनबहादुर घले, चन्द्र रिजाल केन्द्रिय सदस्यको आकाँक्षी थिए ।

भिम रावलले चुनाव नै चाहेको हो र सहमतीमा नआउने हो भने बन्द सत्रमा प्रस्ताव गरिएको १९ पदाधिकारी सहित ३०१ जना सदस्यले प्रस्ताव गरिए अनुसार उम्मेदवारी दिन समेत केपी ओलीले आग्रह गरेका छन् । महाधिवेशनको संशोधित निर्वाचन तालिका अनुसार उम्मेदवारहरुको फारम वितरण सोमबार विहान ८ देखि ८ बजेर २० मिनेटसम्म तोकिएको छ । उम्मेदवारको दरखास्त फारम दर्ता सोमबार ८ बजे देखि साढे ९ बजेसम्म तोकिएको छ ।

यस्तै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन साढे १० बजे, उम्मेदवारको विरोधमा उजुरी दिने समय सोही दिन पौने ११ बजेसम्म तोकिएको छ । यस्तै उजुरीमाथि छानबिन र निर्णय विहान १०ः ५० बजे, नामावली पुन प्रकाशन १०ः ३० तोकिएको छ ।

यसैग्री नाम फिर्ताको समय साढे १० देखि साढे ११ सम्म तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन विहान ११ः ४० बजे हुन गरी तोकिएको छ । त्यसैगरी मतदानको समय साँझ ९ बजेदेखि १४ गते विहान ३ बजेसम्म तोकिएको छ