सभापतिमा रामनाथ अधिकारी विजयी

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १३, २०७८

धादिङ मंसिर १३ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामचन्द्र पौडेल पक्षका उम्मेदवार रामनाथ अधिकारी ३६ मतको अन्तरले विजयी भएका छन् । संघ र प्रदेशबाट २०० भन्दा बढी मतान्तरले अगाडी रहेको रामनाथ समुह जिल्ला अधिवेशनमा त्यो देखिएन ।

५७ पदका लागि भएको जिल्ला अधिवेशनमा रामनाथ समुहले अधिकाँश पदमा बाजी मारेको छ । तथापी संघ र प्रदेशमा जति मतान्तरले यो समुह विजयी भएको थियो जिल्ला अधिवेशनमा त्यो अन्तर देखिएन । जिल्ला अधिवेशनमा कुल खसेको २१५६ मतमा रामनाथ अधिकारीले १०८२ र भिमढुङ्गानाले १०४६ मत ल्याएका हुन् ।

यस अघिको जिल्ला अधिवेशनमा पनि रमेश धमला सँग २६ मतले पराजित भिम ढुङ्गानाले पछिल्लो समय जिल्लामा राम्रो छाप बनाएकोले रामनाथ अधिकारी भन्दा बाहेकलाई अन्यलाई सभापतिको उम्मेदवार बनाए भिम सँग प्रतिपर्धा गर्न नसक्ने पौडेल पक्षको दावी सहित रामनाथ अधिकारीलाई नै फेरि सभापतिको उम्मेदवार बनाईएको थियो ।

यस्तै उपसभापतिमा गेहेन्द्रबहादुर मल्ल र दलबहादुर अधरकारी विजयी भएका छन् भने सचिवमा रामकृष्ण पाण्डे र विकास क्षेष्ठ विजयी भए । सहसचिवमा नवराज तिमिल्सिना विजयी भएका छन् भने क्रान्ति डल्लाकोटी र विजयकुमार तामाङको मत बराबर छ र उनीहरूले ९९५ मत ल्याएका छन् । अन्य पदाधिकारी र सदस्यमा विजयी हुनेहरू पनि अधिकांश रामनाथकै प्यानलकै उम्मेदवार हुन् ।

नेपाली कांग्रेस धादिङको अन्तिम मत परिणाम
सभापति
१. रामनाथ अधिकारी १०८२ विजयी
२. भिमप्रसाद ढुंगाना १०४६
उपसभापति
१. गेहेन्द्र मल्ल १०६८ विजयी
२. झम्क भट्ट ९६९
३. दलबहादुर अधिकारी १००६ विजयी
४. शेरबहादुर तामाङ ९८१
सचिव
१. राजु पाख्रीन ९८५
२. राजेन्द्र अधिकारी ८९८
३. रामकृष्ण पाण्डे १०१२ विजयी
४. विकास श्रेष्ठ ११२१ विजयी
सहसचिव
१. क्रान्ति डल्लाकोटी ९९५ मत बराबरी
२. नबराज तिमल्सिना १०९१ विजयी
३. बिजय पाख्रीन ९९५ मत बराबरी
४. हरि खतिवडा ९१५