धुनीबेसी डोजो २८ पदक सहित प्रथम

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १२, २०७८

धादिङ मंसिर १२ । धुनिबेशी नगरपालिका वडा नम्बर १ भन्ज्याङपोखरीमा आयोजित दोस्रो धुनिवेशी मेयर कप कराते प्रतियोगिता २८ पदक सहित प्रथम धुनीबेसी डोजो प्रथम भएको छ । प्रतियोगितामा धुनिबेशीले १२ स्वर्ण, ८ रजत पदक र ८ काश्य पदक गरि २८ वटा पदक जित्दै प्रथम भएको हो ।

यस्तै प्रतियोगितामा सिन्धुपाल्चोक डोजो दृतिय भएको छ । सिन्धुपाल्चोक डोजोले ३ स्वर्ण, ३ रजत र ३ काश्य गरी ९ पदक जितेको थियो । यस्तै प्रतियोगितामा बिग बुद्ध तृतिय भएको छ । बिग बुद्ध २ स्वर्ण,५ रजत र ८ काश्य गरी १५ पदक सहित तृतिय भएको थियो ।

प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुने समुह तथा व्यक्तिलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै महिला तर्फ अनु मोक्तान र पुरुष तर्फ बिशाल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी राईजिङ स्टारको उपाधी पुरुष तर्फ प्रिन्स तामाङ र महिला तर्फ रेनिशा रिमालले पाए ।

नेपाल सितोरियो कराते डो सँघ धुनिबेशी शाखाका अध्यक्ष मिथुन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता रहेको थियो ।