
धादिङ मंसिर ११ । धादिङको मलेखु स्थित टिचिङ अस्पतालमा आज गजुरी ६ बच्छेटार निवासी २२ वर्षिय एक युवतीले ३ वटा बच्चाको जन्माएको अस्पतालले जनाएको छ ।
टिचिङ अस्पताल मलेखुले अप्रेशन सेवा सुरुगरे कै दिन ति युवतीले २ छोरी र १ छोराको जन्म दिएको अस्पतालले जनाएको हो ।
पछिल्लो समय गुणस्तरिय सेवा प्रवाह गरि रहेको यस अस्पतालमा रहेका डा. निता कटुवाल, डा. शर्मिला प्रजापती लगायतको नेतृत्वमा ती युवतीको सफल अप्रशनबाट युवातीले ३ वटा बच्चाको जन्माउन सफल भएकी हुन् ।