
धादिङ मंसिर ११ । नेपाली कांग्रेस धादिङको १४ धौं जिल्ला अधिबेशन अन्तरगत ५७ पदका लागि निर्वाचन सुरुभएको छ । भिम प्रसाद ढुङ्गाना र रामनाथ अधिकारी समुह बीच प्रतिपर्धा हुने यस निर्वाचनमा मतपत्र छपाई ढिलो हुन गएकोले मतदान प्रक्रिया ढिलो सुरु हुन गएको कांग्रेस धादिङले जनाएको छ ।
सभापतिका उम्मेदवार भिम ढुङ्गाना प्यानलबाट उप सभापतिमा शेर बहादुर तामाङ र झंकनाथ भट्ट, सचिवमा राजु पाख्रिन र राजेन्द्र अधिकारी, सहसचिवमा हरि प्रसाद खतिवडा र विजयकुमार पाख्रिन रहेका छन् भने सभापतिका अर्का उम्मेदवार रामनाथ अधिकारी समुहबाट उप सभापतिमाद्वय गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी, सचिवमाद्वाय रामकृष्ण पाण्डे र विकास श्रेष्ठ, सहसचिवमाद्वय नवराज तिमल्सिना र क्रान्ति डल्लाकोटीचुनावी प्रतिपर्धामा छन् ।
२१९७ जना प्रतिनीधि मतादाताले मतदान गर्ने कांग्रेस धादिङको जिल्ला अधिवेशनमा जिल्ला कार्यसमितिमा पदाधिकारी ७ र सदस्य ४८ गरि ५५ जना र केन्द्रीय महाधिवेशन प्रतिनिधि (अपांगता भएका व्यक्ति) १ र प्रदेश अधिवेशन प्रतिनिधि १ गरि ५७ पदका लागि निर्वाचन हुन्छ ।
सभापति -१
उपसभापति -२
सचिव -२
सह-सचिव -२
जिल्ला कार्यसमिति सदस्य
प्रत्यक्ष – २८
क. गाउँपालिकाबाट १ महिला १ खुल्ला(११गाउँपालिका ×२= २२)
ख. नगरपालिकाबाट १ महिला २ खुल्ला(२ नगरपालिका×३= ६)
समानुपातिक -२०
क. खसआर्य ३ महिला ३ खुल्ला -६
ख. आदिवासी जनजाति ५ महिला ६ खुल्ला -११
ग. दलित १ महिला १ खुल्ला – २
घ. अल्पसंख्यक/अपांगता भएका१ – १