धादिङको महादेवबेसीमा मंसिर १७ र १८ गते खुल्ला बुद्धिचाल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ११, २०७८

धादिङ मंसिर ११ । धादिङको थाक्रे गाउँपालिका स्थित महादेवबेसीमा मंसिर १७ र १८ गते खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष एवम् जिल्ला बुद्धिचाल संघ धादिङका अध्यक्ष विकास कार्कीले बताए ।

थाक्रे गाउँपालिका र जिल्ला बुद्धिचाल संघ धादिङको संयुक्त आयोजनामा हुने उक्त बुद्धिचाल प्रतियोगितामा महिला पुरुष दुबैले भाग लिन पाउने अध्यक्ष कार्कीले धादिङपोष्टलाई बताए ।

प्रतियोगितामा प्रथम हुनेले ३५ हजार, दितिय हुनेले २५ हजार, तृतिय हुनेले १५ हजार, चौथो हुनेले १० हजार, पाँचौ हुनेले ८ हजार र सान्तोना हुनेले ७ हजार नगद पाउने आयोजकले जनाएको छ । यस्तै Best Untrated ले ५ हजार, Best Veteran प्लस ५५ वर्षले ५ हजार, Best Woman ले ५ हजार, Best Elo below 1800&1600 ले ५ हजार, Best U16 Student 1st ले ५ हजार, 11th-15th ले ५ हजार पुरस्कार स्वरुप पाउने व्यवस्था समेत आयोजकले गरेको छ ।

१६ वर्ष भन्दा कम उमेर समुहका महिलाको लागि दर्ता शुल्क ५०० राखिएको छ भने अन्य प्रतियोगियोहरुले १ हजार दर्ता गर्न सकिने बताईएको छ । Swiss system 7 rounds games will be played मा खेलाईने यस खेल प्रतिखेल १५ मिनेटको रहनेछ । थप जानकारीका लागि आयोजक संस्थाका अध्यक्ष कार्कीलाई 9851085036 मा सम्पर्क गर्न सकिने छ ।