सानिमा शैक्षिक छात्रवृत्ति प्रनिशा र विकाशले पाए

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १०, २०७८

धादिङ मंसिर १० । धादिङबेसी स्थित सानिमा विकास बैंकले नीलकण्ठ नगरपालिकाका प्रनिशा दाहाल र विकाश नेपालीलाई शैक्षिक छात्रवृती दिने भएको छ ।

१७ जनाले छात्रवृतीको लागि निवेदन परेकोमा छनोट समितिले सिफारिस गरे अनुसार सानिमा बैंकधादिङबेसीशाखले शैक्षिक छात्रवृती प्रनिशा र विकाशलाई दिने भएको हो ।

सानिमा बैंकले शैक्षिक छात्रवृत्ति अन्तरगत नीलकण्ठ नगरपालिकामा स्थायी वसोवास गर्ने गरिव तथा विपन्न विद्यार्थी मध्यबाट २ जनालाई कक्षा ११ र १२ अध्ययनका लागि वार्षिक ५० हजार बरावर दुई वर्षको १ लाख प्रति व्यक्ति दुई जनालाई दिँदै आए अनुरुप यो वर्ष प्रनिशा र विकाशले पाउने भएका हुन् ।