राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण धादिङ आउँदै

Avatar photo
Dhadingpost
मंसिर १०, २०७८

धादिङ मंसिर १० । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो र प्रमुख सचेतक लक्ष्मणलाल कर्ण भोलि शनिबार धादिङ आउने भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी धादिङका निर बहादुर श्रेष्ठका अनुसार नेताद्वाय संगठन विस्तारको लागि धादिङ आउन लागेका हुन् । कार्यक्रम बिहान साँढे ११ बजेदेखि धादिङबेसी स्थित जिविका होटलमा हुने बताईएको छ ।

लोसपा घोषणा तथा पार्टी प्रवेस कार्यक्रमलाई वरिष्ठ नेता एवम पूर्व उपप्रधानमन्त्रि तथा सहरी विकास राजेन्द्र महतो र पूर्वमन्त्री एवं संप्रमुख सचेतक लक्ष्मण लाल कर्णले सम्बोधन गर्ने श्रेष्ठले बताए ।