कांग्रेस धादिङको १४ धौं अधिवेशन आज हुँदै, ५७ पदका लागि निर्वाचन

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १०, २०७८

धादिङ मंसिर १० । नेपाली कांग्रेस धादिङको १४ धौं जिल्ला अधिबेशन आजबाट सुरुहुने भएको छ । ६७ पदका लागि निर्वाचन हुने यस अधिवेशनमा आज उम्मेदवारी मनोनय हुने र भोली अर्थात मंसिर ११ गते निर्वाचन हुने कांग्रेस धादिङले जनाएको छ ।

धादिङको संघीय क्षेत्र र प्रदेश क्षेत्रको अधिवेशन सम्मन्न गरे आज जिल्ला अधिवेशन गर्न लागेको कांग्रेस धादिङ जिल्ला अधिवेशनमा भिम ढुङ्गाना र रामनाथ अधिकारी बीच सभापतिमा प्रतिस्पर्धा हुने देखिएको छ ।

२१९७ जना प्रतिनीधि मतादाताले मतदान गर्ने कांग्रेस धादिङको जिल्ला अधिवेशनमा जिल्ला कार्यसमितिमा पदाधिकारी ७ र सदस्य ४८ गरि ५५ जना र केन्द्रीय महाधिवेशन प्रतिनिधि (अपांगता भएका व्यक्ति) १ र प्रदेश अधिवेशन प्रतिनिधि (अपांगता भएका व्यक्ति) १ गरि ५७ पदका लागि निर्वाचन हुन्छ ।
सभापति -१
उपसभापति -२
सचिव -२
सह-सचिव -२
जिल्ला कार्यसमिति सदस्य
प्रत्यक्ष – २८
क. गाउँपालिकाबाट १ महिला १ खुल्ला(११गाउँपालिका ×२= २२)
ख. नगरपालिकाबाट १ महिला २ खुल्ला(२ नगरपालिका×३= ६)
समानुपातिक -२०
क. खसआर्य ३ महिला ३ खुल्ला -६
ख. आदिवासी जनजाति ५ महिला ६ खुल्ला -११
ग. दलित १ महिला १ खुल्ला – २
घ. अल्पसंख्यक/अपांगता भएका१ – १