धादिङ कांग्रेसका युवा राजु गुरुङद्वारा उम्मेदवारी घोषणा

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १०, २०७८

धादिङ मंसिर १० । नेपाली कांग्रेस धादिङको १४ औं जिल्ला अधिवेशनको उम्मेदवारी मनोनयन आज हुँदैछ । संघ र प्रदेश क्षेत्रमा युवाहरुलाई नेतृत्वमा ल्याउन महत्वपूर्ण भुमिका खेलेका कांग्रेस प्रतिनीधिहरुले जिल्ला अधिवेशनमा कस्ता उम्मेदवार जिल्लामा निर्वाचित गराउँछन् त्यो भोली अर्थात मंसिर ११ गते मात्रै टुङ्गो लाग्ने छ ।

जिल्ला नेतृत्वमा युवाहरुले उम्मेदवारी दिने घोषणा तिब्र छ, कांग्रेस धादिङमा यहि क्रममा भर्खरै पढाईमा मास्टर डिग्री सकेका राजु गुरुङले खुल्ला तर्फ जिल्ला कार्यसमिति सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

२०५८ ने बि सङघ नीलकन्ठ माध्यामिक विद्यालयको इकाई सदस्य हुँदै राजु राजनीतिमा प्रवेस गरेका हुन् । २०६१ ने बि संघ नीलकन्ठ उच्च माध्यामिक विद्यालय इकाइ सदस्य बनेको उनकै नेर्तत्वमा २०६२-६३ जन आन्दोलन हुँदा उल्यख्य विद्यार्थीहरु आन्दोलनको नेतृत्व समेत गरे । पढाईमा अब्बल गुरुङ पढाई सँगै नेवि संघको तर्फबाट २०६५ सालमा निलकन्ठ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत बने भने २०७३ आमन्त्रित सदस्य नेपाली कङ्रेस शिक्षक संघ सधारण सदस्य समेत बनेका थिए ।

कांग्रेस पुरानो पार्टी हो, राजनीतिमा धेरै योगदान गरेका नेताहरु यो पार्टीमा छन् । तथापी कांग्रेस विचार एकातिर व्यवहार अर्को तिर हुन नदिन युवाहरु नेतृत्वमा आउनु पर्ने सर्वत्र आउन थालेको छ । कांग्रेसमा मात्रै हैन हेरेक पार्टीको नेतृत्वमा युवाले स्थान पाउनु पर्छ । यहि अनुरुप आफुले जिल्ला सदस्यमा उम्मेदवारी दिन लागेको राजुले धादिङपोष्टलाई बताए ।

नेपाली कांग्रेस धादिङको जिल्ला कार्यसमितिमा पदाधिकारी ७ र सदस्य ४८ गरि ५५ जना र केन्द्रीय महाधिवेशन प्रतिनिधि (अपांगता भएका व्यक्ति) १ र प्रदेश अधिवेशन प्रतिनिधि (अपांगता भएका व्यक्ति) १ गरि ५७ पदका लागि निर्वाचन हुन्छ ।

सभापति-१
उपसभापति-२
सचिव-२
सहसचिव-२

जिल्ला कार्यसमिति सदस्य
प्रत्यक्ष – २८
क. गाउँपालिकाबाट १ महिला १ खुल्ला (११गाउँपालिका ×२= २२)
ख. नगरपालिकाबाट १ महिला २ खुल्ला(२ नगरपालिका×३= ६)

समानुपातिक -२०
क. खसआर्य ३ महिला ३ खुल्ला -६
ख. आदिवासी जनजाति ५ महिला ६ खुल्ला -११
ग. दलित १ महिला १ खुल्ला – २
घ. अल्पसंख्यक/अपांगता भएका१ – १
जम्मा मतदाता/क्षेत्रीय प्रतिनिधि – २१९७