धादिङबेसीमा विप्लव नेतृत्वको नेकपाको कार्यालय स्थापना

Avatar photo
Dhadingpost
मंसिर ९, २०७८

धादिङ मंसिर ९ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले धादिङबेसीमा कार्यालय संचालनमा ल्याएको छ । नेपाल कम्युनिस्ट पार्टी धादिङले पार्टीको ८ औं पुनर्गठन दिवस तथा जनमुक्ति सेना दिवस पारेर धादिङबेसीमा कार्यालय संचालनमा ल्याएको हो ।

सम्पर्क कार्यालयको बोड राखेर जिल्ला पार्टी सेक्रेटरी सुमन क्षेत्रीले उद्घाटन गरेका थिए, भने उक्त अवसरमा चियापान समाोह समेत गरिएको थियो ।

कार्यक्रममा विशेष कमिटी सदस्य राम बहादुर श्रेष्ठको उपस्थितिमा भएको उक्त कार्यक्रममा सेक्रेटरी सुमनले रक्ष्यानमा फ्याकिएको क्रान्तिको झण्डा उठाएर बिप्लवले पार्टी पुर्नगठन गर्दै बाँकी क्रान्तिको कार्यभार पूरा गर्ने संकल्प बोकेकाले देशी तथा विदेशी प्रतिक्रियावादिको निदहराम भएको दावी गरेका थिए ।

समाजमा दलालहरु फेरि विप्लव नेतृत्वको नेकपा विरुद्ध विभिन्न भ्रमहरु सृजना गाउँ छिरेको दावी गर्दै उनले सचेत भएर जनतामा जान र जनआधारलाई मजवुत पार्न कार्यकर्तालाई निर्देशन गरेका थिए । प्रचण्ड बाबुरामहरुले पुनः जनयुद्धको उपलब्धी दलालहरुलाइ नै सुम्पिदिएको र राज्य प्रणाली देश र जनताको अधिकार विदेशीहरुलाई उनीहरुले बुझाएको उनले आरोप लगाएका थिए ।