
धादिङ मंसिर ९ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा योजना आयोगका पूर्व उपाध्यक्ष मलेखु निवासी डा. पुष्प कंडेल १० औं महादिवेशनमा उम्मेदवारी दिने सुरुमा रहेको स्रोतले जनाएको छ । छिटै प्रतिक्रिया दिईनहाल्ने स्वभावका कंडेलको पदाधिकारी मै दावी छ कुन पदमा उम्मेदवारी दिने भन्ने चाहि सार्वजनिक गरेका छैनन् ।
धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ का सांसद खेम प्रसाद लोहनीले पुनः केन्द्रीय सदस्यमा नै उम्मेदवार दिने बताएका छन् । यहि मंसिर १० देखी १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा लोहनीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।
एमाले धादिङका अध्यक्ष एवम् प्रतिनीधि सभा क्षेत्र नम्बर १ का सांसद भुमि त्रिपाठीले पनि बागमती प्रदेशबाट प्रतिनीधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
यस्तै धादिङको ज्वालामुखी गाउँपालिकाको उप प्रमुख एवम् एमाले धादिङको महिला नेतृ जानुका सिंखडाले पनि केन्द्रिय सदस्यमा उम्मेदवारी दिने बताएकी छिन् । सिंखडाले भुमिगत काल देखि नेकपा माले हुँदै एमालेमा निरन्तर कृयाशिल, नेकपा एमाले बाग्मती प्रदेश कमिटी सचिवालय सदस्यको भुमिकामा निर्वाह गरिसकेकी छिन् ।
संविधानसभा सदस्य तथा एमाले बागमती प्रदेस कमिटीका सदस्य धन बहादुर घले पनि महादिवेशनमा आफुले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । घलेले आदिवासी जनजाती कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष एवम् पर्यटन व्यवसायी धादिङका चन्द्र रिजालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
दश वर्षको उमेरदेखि २८ वर्षसम्म अनेरास्ववियुका प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म सक्रिय रिजाल २०४६ सालमा नेकपा (माले) को युथ लिगमा संगठित भएका थिए । २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्तिपछि उनले पार्टीको ईलाका कमिटीमार्फत् सांगठनिक जीवन सुरु गरेका थिए ।