
धादिङ मंसिर ८ । नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ र यस अन्तरगतका दुई प्रदेशमा क्षेत्रिय अभिवेशन सम्पन्न भएसँगै भएको निर्वाचनको परिणाम आउन थालेको छ ।
धादिङ क्षेत्र नम्बर २ को सभापतिमा राकेश धमला विजयी भएका छन् । धमला रामनाथ अधिकारी प्यानलका हुन् उनले जितका लागि ६ सय ५६ मत ल्याए थिए । धमलाका प्रतिद्वन्दी कोइरालाले ५ सय ८० मत ल्याएका थिए । कुल एक हजार २ सय ८३ मतदाता रहेकोमा एक हजार दुई सय ७४ मत खसेको थियो ।
नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ (क) को सभापतीमा रामनाथ समहुका होम गुरुङ विजयी भएका छन् भने (ख) को सभापतीमा ढुङ्गाना समुहका रणबहादुर तामाङ निर्वाचित भएका छन् ।
धादिङ क्षेत्र नम्बर १ को दुबै प्रदेशमा रामनाथ अधिकारीको प्यानलले जितेको छ । सोमबार भएको निर्वाचनको मत परिणामबाट रामनाथ प्यानलबाट उम्मेदवारी दिएका राजकुमार कुंवर क्षेत्र नम्बर १ को (क) बाट र विष्णु प्रसाद रुपाखेती क्षेत्र नम्बर १ को(ख) बाट निर्वाचित भएका थिए ।
