सिन्धुपाल्चोक मंसिर ७ । आगलागीमा परेर हेलम्बु गाउँपालिका –७ सुर्सिङका तीन बालकको जलेर मृत्युु भएको छ । ६ वर्षीय मनोज तामाङ, पाँच वर्षीय मनिष तामाङ र पाँच वर्षकै बालक दिलबहादुर तामाङको जलेर मृत्युु भएको हो ।
सोमबार बेलुका ७ बजे सन्च तामाङको एकतले घरमा आगलागी भएको हो । गोठ चुलोमा रहेको मकैका खोष्टा र परालबाट आगो सल्कँदा आगलागी भएको हेलम्बु गाउँपालिका प्रमुख निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । आगलागीबाट जलेर घर पूर्णरुपमा नष्ट भएको छ ।
इलाका प्रहरी कार्यालय हेलम्बुबाट गएको प्रहरी नायब निरीक्षक सुनील थापाको टोलीले स्थानीयको सहयोगमा एक घण्टापछि आगो निभाएको थियो । घरका अभिभावक मेलापात गएको बेलामा आगलागी भएकोले बच्चाहरु आगोमा जलेको प्रहरीले बताएको छ । नयाँ पत्रिकामा खवर प्रकाशित छ ।