
धादिङ मंसिर ७ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला स्तरीय नवौं एन्फा लिग प्रतियोगिता सेमीफाईनल नजिक पुगेको छ ।
दुई समुह बनाएर गराईएको उक्त लिगमा समुह ए मा रहेको धुनीबेसी अपराजित हुँदै एक खेल खेल्नु पहिले नै सेमीफाईनल पक्का गरेको छ भने यो समुहबाट अर्को कुन टिम सेमी फाईनल उक्लन्छ आज हुने खेलले निर्धाण गर्ने आयोजकले जनाएको छ । आज पहिलो खेल ९ बजे धुनीबेसी युवा क्लव र इन्द्रणी युवा क्लव, दोस्रो खेल १२ बजे गलौंदी युवा समाज र अरुणदय युवा समाज, तेस्रो खेल २ बजे धादिङ समाज धादिङ र न्यू स्टार युवा क्लव बीच हुनेछ ।
यस्तै समुह बी का सम्पूर्ण खेल सकिए सँगै विद्यार्थी उपकार संघ पात्ले र गजुरी सामुदायीक विकास समाजले सेमी फाईलनको यात्रा तय गरेका छन् । उपकार संघ पात्लेले यस समुहमा ४ खेल खेल्दा १ हार सहित ९ अंक प्राप्त गर्दै सेमी फाईलन पुगेको हो भने गजुरी र धादिङबेसी स्थित व्वाईज युनाईटेडको समान अंक ७–७ हुँदा गजुरी गोल अन्तरले सेमी फाईलनका लागि छनोट भएको हो ।
यस्तो छ अंक तालिका
