
धादिङ मंसिर ६ । नेपाली कांग्रेसको संघिय निर्वाचन क्षेत्र र प्रदेश क्षेत्रको उम्मेदवार मनोनयन आज दर्ता भएको छ । जिल्ला समापतिमा भिम ढुङ्गाना र रामनाथ अधिकारीको उम्मेदवारी पर्ने पक्का भए सँगै क्षेत्रिय अधिवेशनमा पनि यी दुई जनाको प्यानलका बनाएको छ ।
पार्टी सभापति शेरबहादुर देउबा प्यानलका भिम प्रसाद ढुंगाना र वरिष्ट नेता रामचन्द्र पौडेलका रामनाथ अधिकारी प्यानल बनाइ क्षेत्रीय र प्रदेश स्तरमा मनोनयन दर्ता भएको हो ।
ढुंगाना समूहले क्षेत्र नम्बर १ को सभापतिमा रबिसुदन थापा र क्षेत्र नम्बर २ को सभापतिमा दिपक कोइराला सभापति सहित प्यानल उम्मेदवारी दर्ता गराएको छ । यस्तै ढुंगाना समूहबाट प्रदेश सभा क्षेत्रीय सभापतिहरुमा क्षेत्र नं। १ क मा श्यामप्रसाद रेग्मी, १ ख मा रामहरी कँडेल, २ क मा ऋषि कुमार श्रेष्ठ र २ ख मा रणबहादुर तामाङको उम्मेद्वारी दर्ता गराएको छ ।
अधिकारी समूहले प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा क्षेत्र नं. १ मा कुमार बहादुर सिंखडा, क्षेत्र नं. २ मा राकेश धमलालाई सभापतिमा उम्मेदवार बनाएको छ । यसैगरि प्रदेश क्षेत्र नं. १ क मा राजकुमार कुँवर, १ ख मा विष्णु प्रसाद रुपाखेती, २ क मा होम बहादुर गुरुङ र २ ख मा हरि तामाङ सहित प्यानल नै उम्मेदवारी दर्ता गराएको छ । संघीय क्षेत्र नं. १ अन्तरगतको २ वटा प्रदेशको अधिवेशनको निर्वाचन आजै भएको छ । भने क्षेत्र नम्बर २ को भोलि हुने कांग्रस धादिङले जनाएको छ ।
अधिवेसनले क्षेत्रीय समिति र प्रदेश समितिमा २४ जना निर्वाचित गर्नेछ । यसैगरि महाधिवेशन प्रतिनिधि ५१ जना र प्रदेश प्रतिनिधि ६९ जना निर्वाचित गर्ने छ । नेपाली कांग्रेसको २ हजार १ सय ८२ जना क्षेत्रीय प्रतिनिधिहरुले नेतृत्व छान्नेछन् । जिल्ला अधिवेशन मंसिर १० गते हुनेछ ।