
धादिङ मंसिर ६ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा जारी जिल्ला स्तरीय नवौं एन्फा लिग प्रतियोगिता अन्तरगत आज छैटौं दिन ४ खेलहरु सम्पन्न भएका छन् ।
आज भएको पहिलो खेलमा धादिङ सामाज धादिङलाई शुन्यमा रोक्दैधुनीबेसी युवा समाज धुनीबेसीले १ गोल गर्दै अपराजित रह्यो । यस्तै दोस्रो खेल अरुणदय आदमटार र न्यू स्टार युवा क्लव बीच भएको थियो । यस खेलमा न्यू स्टार युवा क्लवले अरुणदयलाई शुल्यमा रोक्दै ४ गोलले हराएको छ ।
यस्तै आजको तेस्रो खेल विद्यार्थी उपकार संघ पात्ले र पञ्चकन्या युवा समाज बीच भएको थियो यस खेलमा विद्यार्थी उपकार पञ्चकन्यलाई शुन्यमा रोक्दै २ गोल गरेको थियो । आजको अन्तिम खेल भद्रकाली सामुदायीक विकास समाज मलेखु र व्वाईज युनाईटेड धादिङबेसी बीच भएको थियो । यो खेलमा भद्रकालीलाई शुन्यमा रोक्दै व्वाईज युनाईटेडले २ गोल गरेको थियो ।
भोली अर्थात यस प्रतियोगिताको सातौं दिन मंसिर ७ गते ३ खेल हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए । थापाका अनुसार भोलीको पहिलो खेल ९ बजे धुनीबेसी युवा क्लव र इन्द्रणी युवा क्लव, दोस्रो खेल १२ बजे गलौंदी युवा समाज र अरुणदय युवा समाज, तेस्रो खेल २ बजे धादिङ समाज धादिङ र न्यू स्टार युवा क्लव बीच हुनेछ ।
